दफा १५०क
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना गर्नु पर्ने
(१) सहकारी संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रचलित कानून बमोजिमका निकायबाट जारी भएको निर्देशनको पालना गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था प्रदेश वा स्थानीय सहकारी कानून अन्तर्गत दर्ता वा सञ्चालन भएको सहकारी संस्थाको हकमा समेत समान रूपमा लागू हुनेछ।
(३) प्रदेश सरकार वा स्थानीय तहले उपदफा (२) बमोजिम दर्ता वा सञ्चालन भएको सहकारी संस्थालाई उपदफा (१) बमोजिमको निर्देशन लागू गर्नु, गराउनु पर्नेछ।